Birat Post मंगलबार, बैशाख २६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ बैशाख / विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट लैंगिकमैत्री बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
लैंगिक विभेदमा आधारित हिंसा रोकथाम प्रतिकार्य परियोजनाको कार्यक्रममा बोल्ने वक्ताहरुले महानगरले बनाउने बजेट लैंगिकमन्त्री हुनुपर्नेमा जोड दिएका हुन् ।

युएनएपीए, आइपास नेपाल र भिएसओको सहयोगमा विराटनगर महानगरपालिकाले आयोजना गरेको कार्यक्रम एवीसी नेपाल, सीएमसी नेपाल र कोकनले सहकार्य गरेका थिए । कार्यक्रममा एवीसी नेपालकी कोशी प्रदेश संयोजक विष्णु शर्माले महानगरले लैंगिक हिंसाका क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट लैंगिकमन्त्री बनाउन सुझावसमेत दिनुभयो ।

आइपासका कोशी प्रदेश संयोजक सरोज भुसाल र भिएसओका प्रदेश संयोजक सुनिलकुमार साहले विराटनगरमा लैंगिक विभेदमा आधारित हिंसा र रोकथामका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले महानगर पुग्न नसकेका स्थानमा पुगेर विभिन्न गैरसरकारी संघसंस्थाले काम गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले लैंगिक हिंसा रोकथाम र नियन्त्रणका लागि महानगरपालिका गम्भीर रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै उपमेयर शिल्पा निराला कार्कीले महानगरको न्यायिक समितिमा धेरैजसो लैंगिक हिंसाका उजुरी आउने गरेको बताउनुभयो । उहाँले श्रीमान श्रीमतीबीचको विवादका उजुरी पनि धेरै आउने गरेको जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, महानगरको आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतले लैंगिक विभेदमा आधारित हिंसा रोकथामका लागि गैरसरकारी संघसंस्थाहरुको भूमिका महत्वपूर्ण हुने प्रस्ट पार्नु भएको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल