Birat Post मंगलबार, बैशाख २६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ बैशाख /

विराटनगरका कतिपय मासु पसलले तोकिएको मापदण्ड पूरा नगरेको पाइएको छ । विराटनगर महानगरपालिकाले गरेको अनुगमनका क्रममा तोकिएको मापदण्डविपरीत मासु पसल सञ्चालन गरेको पाइएको हो । आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे नेतृत्वको टोली मंगलबार विराटनगर ८, ९ र १० वडा नम्बरमा सञ्चालित आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गरेको थियो ।

सो क्रममा कतिपय पसलले वध गर्ने र बिक्री कक्षसँगै रहेको पाइएको छ । त्यसैगरी राम्ररी सिसा नलगाउँदा झिंगा भन्किएको भेटिएको थियो । उपभोक्ताले सफा, स्वच्छ मासु उपभोग गर्ने अधिकार भएको वडा नम्बर १९ का अध्यक्षसमेत रहनु भएका समितिका संयोजक घिमिरेको बताउनुभयो । उहाँले महानगरले सञ्चालन गरेका विभिन्न अभियानअन्तर्गत माछामासु पसलको अनुगमनलाई तीव्रता दिएको उल्लेख गर्नुभयो ।

अनुगमन टोली पुगेपछि कतिपय मासु पसल सञ्चालक बन्द गरेर हिंडेका थिए । अनुगमनका क्रममा मासुको गुणस्तर, पसलको व्यवस्थापन, दर्ता, नविकरणलगायतका काजजातसमेत हेरिएको महानगरको पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो । अनुगमनमा संयोजक घिमिरे, शाखा प्रमुख यादव, डा. सराहना सुवेदी, गणेशप्रसाद पौडेल, नगर प्रहरीका सई तीर्थ खत्रीलगायतको सहभागिता रहेको थियो । अनुगमन टोलीले दर्ता र नविकरण नगरेका पसललाई १५ दिनभित्र दर्ता र नविकरण गर्न अल्टिमेटमसहितको पत्र दिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल