Birat Post शनिबार, बैशाख २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ बैशाख ।
साइवर सुरक्षाका विषयमा नेपालले पनि समयसापेक्ष नीति तर्जुमा गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा क्यान महासंघ कोशी प्रदेशद्वारा विराटनगरमा शनिबार आयोजित कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो वताएका हुन् ।

सामाजिक सन्जालमा राखिने व्यक्तिगत वा राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा ह्याकरहरुको हमलाले साइबर सुरक्षाको कमजोर अवस्था देखाएको उनिहरुको मत छ । साइबर सुरक्षा सवालका जानकार तथा क्यान केन्द्रीय  सचिव डा. अभिजित गुप्ता यसखाले खतराबाट जोगिन नेपालले तत्काल साइबर सुरक्षालाई प्राथमिकतामा राख्न जरुरी भएको बताउँछन् ।  विश्वव्यापीरपमा प्रविधिको प्रयोग वढ्ने क्रममा नेपालले पनि समय सापेक्ष आवश्यक कदम चाल्न जरुरी भइसकेको छ । नेपालले चाढै रणनीति बनाउन नसके ठूलो क्षति व्यहोर्नुपर्ने उनी बताउछन् ।

यस्तै कार्यक्रममा बोल्दै कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले सरकारले साइबर सुरक्षाका विशेष सजकता अपनाउनुपर्ने बताइन् । प्रविधिको क्षेत्रमा कानुनी र नीतिगत व्यवस्था भएपनि साइबर सुरक्षाका सवालमा राज्यले विशेष पहलकदमी लिनुपर्नेमा जोड दिइन् ।

क्यान महासंघ कोशी प्रदेशका अध्यक्ष रोशन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा क्यान महासंघका केन्द्रीय  उपाध्यक्ष उमेश रघुबंशी,सिटिइभिटिइ कोशी प्रदेशका उपनिर्देशक दिपिका शर्मा,मोरङ व्यपार संघका उपाध्यक्ष अनिल साह,पत्रकार कौशल निरौला ,सप्तकोशी वैंकका विदुर पोखरेल,क्यान कोशीका निवर्तमान अध्यक्ष भवकृष्ण तिम्सिना,टंकिसिनवारी जेसिजका उपाध्यक्ष  लव कुमार यादव लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल