सुनसरी, २२ बैशाख ।
सुनसरीको ईटहरी उप महानगरपालिका १ आपगाछी स्थितमा लागेको सिरुवा मेलाबाट नक्कली नोट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहिबार बेलुका सुनसरीको गढी गाउँपालिका २ घर भएका बर्ष ३८ को जमिल खातुनले मेलामा जेरी किनेर एक हजार रुपैया तिर्दा पसलको मानिसले नक्कली पैसा दिएको शंका लागेर मेलामा डिउटी खटिएको प्रहरी टोलीलाई जानकारी गराएका थिए ।
खातुनको साथबाट एक हजार को ६ थान र पाच सयको २२ थान नक्कली नोट प्रहरीले बरामद गरेको छ भने घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।