Birat Post बुधबार, बैशाख २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१९ बैशाख/

विराटनगर महानगरपालिकाले ई–हाजिरीलाई अनिवार्य प्रयोगमा ल्याउने भएको छ । यसका लागि ६ दिने तालिम मंगलबारदेखि सुरु गरिएको छ ।  तालिममा विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापक, वडा सचिव, फोकल पर्सन र आधारभूत स्वास्थ्य केन्द्रका कर्मचारीको सहभागिता रहेको छ ।

हरेक दिन ३० जनाको समूह बनाएर तालिम दिइने महानगरको सूचना प्रविधि शाखाका अधिकृत यादव श्रेष्ठले जानकारी दिए । तालिमको महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले उद्घाटन गरेकी छन् । उनले महानगरअन्तर्गतका सबै कार्यालयलाई व्यवस्थित र अनुशासित बनाउन ई–हाजिरी लागू गर्न लागिएको जानकारी दिइन् ।

अबदेखि विद्यालयसहित सबै वडा कार्यालय र स्वास्थ्य केन्द्रहरुमा ई–हाजिरी अनिवार्य रुपमा लागू गरिने छ । पहिलो दिन मंगलबार १ देखि ५ कक्षासम्म सञ्चालन हुने विद्यालयका प्रधानाध्यापकलाई तालिम दिइएको छ । तालिममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईलगायतले ई–हाजिरीको महत्व र उपादेयताका विषयमा प्रकाश पारेका थिए ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल