विराटनगर,१७ बैशाख । वैशाख अन्तिम साताबाट विराटनगरमा खुल्ला कराते प्रतियोगिता हुने भएको छ । वैशाख २२ र २३ गते हुने उक्त प्रतियोगिता विराटनगरस्थित कभडहलमा हुने भएको हो ।
विराट कराते क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालका ६ र भारतका तीन टिमको सहभागि हुने पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । भारतको कोलकत्ता, दार्जिलिङ्ग र खर्साङको टोली सहभागी हुने विराट कराते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी दिए । प्रतियोगितामा कोशी प्रदेशबाट सुनसरी, मोरङ, झापा, तेह्रथुम र आयोजक हुनेछ । यस्तै मधेश प्रदेशको सप्तरीको टिमको पनि सहभागि हुनेछ ।
पाँच लाख ४५ हजार खर्च हुने उक्त प्रतियोगितामा करिब २ सय बढी खेलाडीहरुको सहभागि रहनेछ । प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ काश्य पदक प्रतिस्पर्धमा १९ तौल समूहमा हुनेछ ।