जनकपुरधाम ,१७ बैशाख ।
धनुषा हंसपुर नगरपालिकाकी उपमेयर दुर्गा देवी मण्डल चढ्ने गाडीले किचिएर उनको आफ्नै १४ महिने नातिनीको मृत्यु भएको छ। हंसपुर ९ रुदौली बस्ने रवीन्द्र मण्डलको १४ महिने छोरी लक्ष्मीनिया कुमारी मण्डलको उपमेयर चढ्ने बा १६ च ९२६ नम्बरको सोमुले किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार आइतबार दिउँसो आफ्नै घरमा गाडी ब्याक गर्ने क्रममा किचिएर बालिकाको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले गाडी चालक र गाडीलाई नियन्त्रणमा लिएको छ।