Birat Post आइतबार, बैशाख १७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ बैशाख/

पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल अन्तर्गत बीए एलएलबी प्रथम वर्षका विद्यार्थीहरूलाई द्वीतिय वर्षका विद्यार्थीहरूले स्वागत तथा सम्मान गरेका छन् ।
द्वीतिय वर्षका विद्यार्थीले कलेज परिसरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा विद्यार्थीहरूले गीत, गजल, कविता, नृत्य, क्यारिकेचर, फेसन शो प्रस्तुत गरेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कला, शिक्षा तथा कानून शंकायका डीन प्रा. डा. अनिलकुमार पोखरेल, क्याम्पस प्रमुख तथा निर्देशक महेश प्रसाद निरौला, शिक्षकहरू रूपेश कोइराला, दिपेश बाँस्तोला लगायतले नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका छन् । अनुशासित भएर शिक्षा आर्जन गर्न आग्रह गर्दै उनीहरूले विद्यार्थीहरूको उज्वल भविष्यको कामना गरे ।

पहिलो वर्षको कक्षा शुरू हुने बित्तिकै द्वीतिय वर्षको परीक्षा शुरू भएको, परीक्षा लगत्तै केही समय क्याम्पस बिदा भएका कारण स्वागत कार्यक्रम केही ढिलाई भएको द्वीतिय वर्षका विद्यार्थीको स्पष्टोक्ती छ । कलेज अफ ल ले पाँच वर्षे बीए एलएलबी र तीन वर्षे एलएलबीको अध्यापन गर्दै आएको छ । बीए एल.एल.बी अध्ययनका लागि मेचीदेखि महाकालीसम्मका विद्यार्थी आउने गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
कौशल निरौला- वरिष्ठ पत्रकार तथा सामाजिक ,धार्मिक अभियन्ता नेपाल,मोरङ्ग
विराटनगर महानगरद्वारा हाजिरीजवाफ प्रतियोगिता आयोजना
कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल