पाँचथर,१६ बैशाख ।
पाँचथरको फालेलुङ गाउँपालिका–३ को एउटै फर्मका चट्याङ पर्दा ५४ वटा भेडा मर्दा करिव १५ लाख मुल्य वरावरको क्षती भएको छ। भेडा फर्मको स्याहार सुसारमा जुटेका याङबरक–३ निवासी प्रेम राई घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार स्थानीय प्रकाश राई, टेकबहादुर गुरुङ र सुरेन्द्र आङ्बोको फर्ममा चट्याङ परेको हो।
१२ वटा भेडा घाइते पनि छन् । प्रेम राईलाई शरीरमा बाहिरी चोट नदेखिए पनि शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला पारी उपचारका लागि फालेलुङ स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाले जानकारी दिए ।