Birat Post बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१४ बैशाख/ विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउने भएको छ ।
विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको मेयर नागेश कोइरालाले बताउनुभयो । अभियानलाई सफा बनाउन बिहीबार महानगरले सरोकारवालासित अन्तरक्रिया गरेको छ । विराटनगरमा सञ्चालित मासु व्यवसायीलाई बोलाएर महानगरले अन्तरक्रिया गरेको हो ।

स्वच्छ मासु खान पाउने उपभोक्ताको अधिकार भएकाले मासु व्यवसायलाई व्यवस्थित गर्न लागिएको मेयर कोइरालाले बताउनुभयो । मेयर कोइरालाले महानगर सरसफाई, कर संकलन, सडकबत्ती जडान, बिजुलीको पोलमा रंगरोगनसहित नम्बरिङ, पार्किङलगायतका अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले मानव स्वास्थ्य र महानगरको सौन्दर्यतामा असर पर्नेगरी जथाभावी सञ्चालित मासु व्यवसायलाई व्यवस्थित गर्ने अभियानमा सहयोग गर्न आग्रहसमेत गर्नुभयो ।
उपमेयर शिल्पा निराला कार्कीले अभियानलाई सफल बनाउन अनुगमनलाई समेत तीव्र पारिने बताउनुभयो ।

उहाँले अस्वस्थ मासुको सेवनले विभिन्न रोग लाग्ने हुँदा उपभोक्ता स्वयम् जागरुक हुनुपर्नेमा जोड दिनुभयो । अन्तरक्रियामा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले एकैपटक नभए पनि क्रमैसँग माछामासु व्यवसायलाई व्यवस्थित गर्दै लगिने बताउनुभयो । शुक्रबारदेखि हाटबजार र चोकहरूमा खुल्ला रुपमा मासु बिक्रीवितरण गर्न रोक लगाएको उहाँले जानकारी दिनुभयो । यसअघि हाटबजारमा खाट र टेवलमाथि राखेर खुल्ला रुपमा मासु बिक्री गर्ने गरिँदै आएको थियो । यस्तै भुइँमा समेत प्लाष्टिक ओछ्याएर मासु बिक्री गर्ने गरिएको छ । अबदेखि यसरी खुल्ला रुपमा माछामासु बिक्री गर्नेलाई मासु जाँच ऐन–२०५५ अनुसार कारबाही हुने महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले बताउनुभयो ।

संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवले अस्वच्छ मासुको सेवनको असर तुरुन्तै र दीर्घकालीनसम्म रहने बताउनुभयो । उहाँले बध गरेपछि कम्तीमा १२ घन्टासम्म फ्रिजमा राखेको मासु खानका लागि उपयुक्त हुने बताउनुभयो । त्यस्तै नेपाल सरकारका पूर्वसहसचिवसमेत रहनु भएका मासु विज्ञ डा. बोधप्रसाद पराजुलीले पशु वधशाला र मासु जाँच ऐन २०५५ का विषयमा जानकारी गराउनु भएको थियो । ऐनविपरीत मासु बिक्री गर्नेलाई कडा कारबाही हुने व्यवस्था गरिएको उहाँको भनाइ थियो ।

विराटनगरमा करिब ३ सय वटा मासु पसल सञ्चालनमा रहेको महानगरका पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो । अन्तरिक्रयामा माछामासु व्यवसायीहरूले महानगरको अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनीहरूले दर्ता गरेर व्यवसाय सञ्चालन गरे पनि हाटबजार र चोकहरूमा दर्ता बिनै मासु बिक्री गर्दा आफूहरू समस्यामा परेको गुनासो पोखेका थिए ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल