काठमान्डौं,१४ बैशाख । जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालविरुद्ध छैटौँ विकेट गुमाएसँगै कतार दबावमा परेको छ । सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिएसँगै कतारले शिर्षक्रमका ब्याटर सबै गुमाएको हो ।
नेपालले जितका लागि दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार हाल १३ ओभरमा ६ विकेट गुमाएर ४१ रनमा खेलिरहेको छ ।
त्यसअघि तीव्र सोमपाल कामीले इक्रमुल्लाह खान ५ रनमा आउट गराएका थिए भने मोहमद तनविर शून्य र इमल लियानेजलाई ६ रनमा बोल्ड गरेका थिए। साथै जाहीर इब्राहिमलाई सन्दीप लामिछानले १५ रनमा आरिफ शेखबाट क्याच गराएका थिए भने पहिलो सफलताका क्रममा ललितनारायण राजवंशीले कतारका ओपनर कमरान खानलाई ८ रनमा क्याच गराएका थिए ।