Birat Post बुधबार, बैशाख १३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ बैशाख । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनैतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताएका छन् ।
विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले अहिले मुलुकमा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता बढ्दै गएको बताए । “यी सबै अराजकताबाट बाहिर निकाल्न सके मात्रै मुलुक सही बाटोबाट अगाडि बढ्नेछ,” नेता कोइरालाले भने, “आर्थिक रुपमा समेत मुलुक अत्यन्तै कठिन अवस्थामा पुगेको छ ।” नेता कोइरालाले हरेक क्षेत्रमा अराजकता बढ्दै गए मुलुक असफल राष्ट्र हुन सक्ने चेतावनीसमेत दिए ।
उनले ज्येष्ठ नागरिकले समाजको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत चर्चा गरे । ज्येष्ठ नागरिकको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने उनको भनाइ थियो । “ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई समाजले अनुशरण गरे पक्कै पनि समाज समृद्धि हुनेछ,” कोइरालाले भने, “राज्यले ज्येष्ठ नागरिकलाई सम्मानसँगै संरक्षण पनि गर्नुपर्छ ।”
यसैगरी विराटनगर महानगरपालिकाका पूर्वमेयरसमेत रहेका कोशी प्रदेशका सांसद भीम पराजुलीले अहिले ज्येष्ठ नागरिकहयले सन्तान र आफन्तबाटै अपहेलित हुनु परेको गुनासो पोखे । उनले घरपरिवारमा अपहेलित भएका ज्येष्ठ नागरिकहरुलाई ज्येष्ठ नागरिक सेवा केन्द्रमार्फत सेवा दिनुपर्नेमा जोड दिए । उनले राज्यले न्यायोचित सेवा दिनुपर्नेमा जोड दिए ।

त्यस्तै कोशी प्रदेशका सांसद तथा पूर्वमन्त्री केदार कार्कीले पुस्तान्तरण भएमात्रै ज्येष्ठ नागरिकका ज्ञान, अनुभव र सीप नयाँ पुस्ताले ग्रहण गर्ने बताए । उनले पुस्तान्तरण हुनु जरुरी रहेको सुनाए । अघिल्लो पुस्ताले प्राप्त गरेका ज्ञान र अनुभव युवापुस्ताले ग्रहण नगर्ने गरेको उनको भनाइ थियो ।

विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले समाजसेवी चिरञ्जीवी दाहालले निःशुल्क रुपमा ८ धुर जग्गा दिएपछि भवन निर्माणको बाटो खुलेको बताए । उनले भवनको अर्को तला थपेर संग्राहालय र पुस्तकालय निर्माण गर्ने योजना सुनाए । त्यसका लागि सहयोग गर्न गर्न संघीय र प्रदेश सांसदहरुलाई आग्रहसमेत गरे । कार्यक्रममा ज्येष्ठ नागरिक वडा कार्यसमितिका अध्यक्ष ललित श्रेष्ठ, सचिव अर्जुन भट्टराई, सूचना अधिकारी इन्द्रप्रसाद खतिवडा, समाजसेवी शोभा कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा ज्येष्ठ नागरिक भवन निर्माणमा व्यक्तिगत रुपमा सहयोग गर्ने पूर्वमेयर पराजुलीलाई सम्मान गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल