Birat Post आइतबार, बैशाख १०, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१० बैशाख । कप्तान मोहम्मद वासिम र युवा ब्याटर वृत्य अरविन्दको शतकीय प्रदर्शनमा युएईले एसिसी प्रिमियर कपमा सिंगापुरविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टियु मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा १० विकेट नै गुमाउँदै ४७१ रन बनाएको हो । जुन जारी प्रतियोगिताको सबैभन्दा ठूलो लक्ष्य हो ।

युएईका लागि युवा ब्याटर अरविन्दले शतकीय इनिङ खेले । उनले १३३ बलमा १७४ रन जोडे । उनले यसअघिको खेलमा कुवेतविरुद्ध पनि १८५ रनको शतकीय इनिङ खेलेका थिए ।

साथै कप्तान वासिमले १६० रनको शतकीय इनिङ खेले । उनले १६ छक्का र ९ चौकाको मदतमा १६० रन जोडे । आयन अज्फल खान पनि विष्फोटिङ ब्याटिङ गर्दै ७४ रनमा आउट भए ।

बलिङतर्फ आदित्य भर्गवले सर्वाधिक ४ विकेट लिए । साथै रमेश कालीमुथुले ३ विकेट तथा विनोथ भास्करनले २ र मनप्रित सिंहले एक विकेट लिए ।

समूह बी मा रहेको युएईले पहिलो खेलमा कुवेतलाई १ सय ४३ रनले हराएको थियो भने दोस्रो खेलमा हङकङसँग डकवर्थ लेविस पद्धतिको आधारमा ६७ रनले पराजित भएको थियो । सो पराजयले युएइको समूह ए को शिर्ष स्थानमा रहेको नेपालसँग सेमिफाइनलमा भेट हुने सम्भावना छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल