Birat Post बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,६ बैशाख / विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण पुन: बढ्न थालेपछि विराटनगर महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्न महानगरवासीलाई आग्रह गरेको छ ।

महानगरपालिकाको तर्फबाट मेयर नागेश कोइरालाको निजी सचिवालयमार्फत जारी गरिएको अपीलमा कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको हो । कोभिड–१९ को बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका (रानी भन्सार नाका)मा अटुट रुपमा एन्टिजेन्टको परीक्षण भइरहेको समेत अपीलमा उल्लेख छ ।

“विराटनगर–१५ स्थित रानी अस्पताल, विराटनगर–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र र विराटनगर–१९ स्थित वैजनाथपुर अस्पतालबाट पनि कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको छ,” अपीलमा भनिएको छ, “उक्त स्वास्थ्य केन्द्रहरूबाट आवश्यक परेको अवस्थामा जुनसुकै बेला परीक्षण गर्न सकिने व्यहोरा जानकारी गराउँदछौं ।” केस इन्भेष्टिगेसन तथा कन्ट्याक ट्रेसिङ, क्वारेन्टाइन, आइसोलेसन तथा स्वास्थ्यकर्मी परिचालनसहित आवश्यक सामग्रीको समेत व्यवस्था गरिएको महानगरले जनाएको छ ।

कोभिड–१९ को जस्तो मिल्दोजुल्दो लक्षण देखिएको खण्डमा नजिकको स्वास्थ्य केन्द्र सम्पर्क गर्नसमेत विज्ञप्तिमार्फत महानगरवासीमा अनुरोध गरिएको छ । “कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन र सम्भावित जोखिमबाट बच्न बचाउन विराटनगर महानगरपालिका सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल