Birat Post मंगलबार, बैशाख ०५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,५ बैशाख । लायन्स क्लव अफ विराटनगर सुभम्को आयोजनामा मिक्लाजुङ्ग गाउँपालिका वडा नम्वर १, रमितेखोलामा वृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विराट (नर्सिङ्ग होस) अस्पताल प्रा. लि. को प्राविधिक व्यवस्थापनमा सम्पन्न शिविरमा ३५४ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको मिक्लाजुङ्ग १ का वडा अध्यक्ष पर्वत राईले जानकारी दिनुभयो ।

स्थानीय स्वास्थ्य केन्द्रमा व्यवस्थापन गरेको शिविरमा स्त्रीरोग विशेषज्ञ सेवा ११४ जनाले, जनरल फिजिसियन सेवा ७२ जनाले, आँखा उपचार सेवा ७० जनाले लिएका थिए । यसैगरी ४४ जना वालवालिकाको उपचार गरिएको थियो । शिविरमा ५४ जनाले भिडियो एक्स रे सेवा लिएका थिए । लायन्स क्लव अफ विराटनगर शुभम्का अध्यक्ष कमला कडेलले मोरङकै दूर्गम रमितेखोलामा स्वास्थ्यको विशेषज्ञ सेवाको पहुँच कम रहेकाले शिविर सञ्चालन गरिएको वताउनु भयो । वडाध्यक्ष पर्वत राईले स्वास्थ्य शिविरले रमितेखोलावासीका लागि ठूलो सहयोग पुगेको वताउनु भयो ।

शिविरमा । विराट (नर्सिङ्ग होस) अस्पताल प्रा. लि.वाट ६ जना विशेषज्ञ चिकित्सकसहित १९ जनाको स्वास्थ्य टोली परिचालन भएको थियो । लायन्स क्लव अफ विराटनगर शुभम्का स्वास्थ्य शिविर संयोजक विमला थापाले रमिते खोलामा आङ खस्ने विरामीको संख्या धेरै रहेको पाएको भन्दै एक पटकमा २० जना विरामी भेला गरिदिएमा विराटनगर लगेर शल्यक्रिया सहितको निशुल्क उपचार गरिदिने वताउँदै स्थानीय वार्डअध्यक्षसँग यसमा सहयोग गरिदिन आग्रह गर्नुभयो ।

शिविर उद्घाटन कार्यक्रममा वोल्दै क्लवका पूर्व अध्यक्ष अनुजा कोइरालाले विशेषज्ञ सेवावाट वञ्चित समुदायमा सेवा प्रवाह गर्ने उ्द्धेश्यले स्वास्थ्य शिविर राखिएको वताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने वताउनु भयो । क्लवका सदस्य सरस्वती सिटौलाले रमिते खोला प्राकृति रुपमा सुन्दर ठाउँ भएपनि यहाँको समुदायले धेरै दुख गरेको आफूले पाएको वताउँदै उहाँहरुलाई सहयोग गर्न पाउदा खुसी लागेको वताउनु भयो । यस्सै क्लवका सदस्य भगवती थापाले आगामी दिनमा पनि हामी सेवाका कार्यक्रम लिएर जनसमक्ष आउने वताउनु भयो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल