Birat Post आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३ बैशाख ।

प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभूवन आर्मीले जितेको छ । विराटनगर जुट मिलको खेल मैदानमा आइतबार सम्पन्न भएको फाइनलमा घरेलु टिम एनबीएससीलाई ६ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो । उपाधिसँगै आर्मीले १ लाख ५० हजार रुपैयाँको साथै आकर्षक ट्रफी पाएको छ । उपबिजेता भएको एनबीएससीले ७५ हजार रुपैयाँमा चित्त बुझायो ।

१११ रनको विजय लक्ष्य पछ्याएको आर्मीले ११ दशमलव ३ बलमा ४ विकेटको क्षतिमा पुरा गर्यो । आर्मीको जितमा सन्दिप रजालीले बिस्पोटक ब्याटिङ गरे । उनले २० बलमा ३ छक्का र ५ चौका हिर्काउँदै ४६ रनको योगदान दिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । यस्तै वासिर एहमद १८ बलमा २ चौका हिर्काउँदै १८ रन पारी खेल्दा सुमित श्रेष्ठले ८ बलमा अविजित १३ रन बनाए ।

बलिङमा एनबीएसीका एमडी इजार, प्रशान्त कुमार, रवि शर्मा र मयङक कुमारले समान १–१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको एनबीएससीले १७ दशलव २ बलमा सबै विकेट गुमाई ११० रनमा समिति भयो । एनबीबएससीका कुमार राजनिसले ३३ बलमा २ छक्का र ७ चौका हिर्काउँदै ५० रनको अर्धशतकीय इङनिङ खेले ।

अनुभव श्रीवास्तले १४ बलमा ११ रन बनाउँदा एनबीएससीका अरु ब्याटरले दोहोरो अंक छोएनन् । एमडीले अविजित ८ रनको योगदान दिए । आर्मीका बिक्रम सोबको घातक बलिङ सामु एनबीएससीका खेलाडी क्रिजमा टिक्न सकेनन् । आर्मीका बिक्रमले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । हरी चौहान र सुमित श्रेष्ठले समान २–२ विकेट लिए ।

प्रतियोगिताको बेस्ट ब्याटरमा एमबी ग्रुप डडेलधुराका दिपक बोहरा घोषित भए । उनले खेलअवधीभरीमा ११५ रन बनाएका थिए । यस्तै प्लेयर अफ सिरीज दिल्ली युनाइटेडका साकेत केडिया भए । उनले १०५ रन र ४ विकेट लिएका थिए । उनले ५० हजार मूल्य बराबरको क्रिकेट किड पाए । बेस्ट बलरमा आर्मीका जितेन्द्र मुखिया घोषित भए ।

नेपाल क्रिकेट संघका अध्यक्ष चर्तुरबहादुर चन्द, वरिष्ठ सल्लाहकार नरेश श्रेष्ठ, नेपाल खेलकुद महासंघको केन्द्रीय सचिव विप्लप घोष, सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेललगायले पुरस्कार वितरण गरेका थिए । विराटनगर जुट मिलको खेलमैदानमा चैत २७ देखि वैशाख ३ गतेसम्म प्रतियोगितामा मुलुकका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपीएफसहित एनबीएससी विराटनगर, राहुल ११, सुदुरपश्चिम क्रिकेट क्लब, भारतको नरपथगन्ज र दिल्ली युनाईटेड गरी ८ वटा टिमको सहभागि रहेको पूर्वाञ्चल क्रिकेट एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।

फोटो

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल