विराटनगर , ३ बैशाख ।
मोरङको बेलबारी नगरपालिका ३ मा रहेको कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याव परिक्षण सेवाको शुभारम्भ गरिएको छ । आइतबार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा ल्याव परिक्षण सेवा सुरु गरिएको हो । प्रमुख बास्तोलाले ल्यावमा परिक्षण नमुना ब्लड दिइ सेवा सुचारु भएको घोषणा गरेका थिए ।
प्रदेश प्रहरी अस्पतालको ल्यावबाट CBC, LFT, RFT, Lipid-profile, Urine R/E, Stool R/E, Uric acid, Sodium, Potassium, Serology लगायतका परिक्षण सेवा सुचारु भएको छ । सेवा शुभारम्भ कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक श्याम कुमार महतो, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेल लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।