Birat Post शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२ बैशाख / नेपाली कांग्रेस विराटनगर १२ नम्बर वडा समितिले कवि एवं पत्रकार मीनकुमार नवोदितसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।

वडाका बासिन्दा नवोदित नेपाल प्रेस युनियनको कोशी प्रदेश अध्यक्षमा निर्वाचित भएकाले सम्मान गरिएको वडा सभापति हरिनारायण यादवले बताए । कार्यक्रममा नवोदितलाई नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । साहित्य र पत्रकारितामा दुई दशकभन्दा लामो समयदेखि सक्रिय नवोदित विराटनगरमा भएको प्रदेश अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।

त्यसैगरी सोही अवसरमा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेललाई पनि सम्मान गरिएको थियो । वडाको पार्टी कार्यालय सञ्चालनका लागि आर्थिक सहयोग गरेका पोखरेल पनि वडाका बासिन्दा हुन् । त्यस्तै ज्येष्ठ नागरिक एवं लामो समय कांग्रेसको क्रियाशील सदस्य रही पार्टीलाई महत्वपूर्ण सहयोग गर्ने फागु ऋषिदेव, भोलु राजवंशी, दिनानाथ बन्जरा खोचीदेवी सरदार र नन्दु मण्डललाई सम्मान गरेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल