काठमान्डौं,२ बैशाख । नेपाल शिक्षक संघको नवौं महाधिवेशनबाट केन्द्रीय पदाधिकारीमा कोशी प्रदेशबाट निर्मला कोइराला विजयी बन्न सफल भएकी छन् । काठमान्डौंमा शुक्रबार सम्पन्न महाधिवेशन बाट उनी “महासचिव अर्थ ( कोषाध्यक्ष ) ” मा विजयी भएकी हुन् । कोशी प्रदेशबाट केन्द्रको पदाधिकारी पदमा निर्वाचित हुने उनी एकमात्र उम्मेदवार हुन् ।
कोइराला नेपाल शिक्षक संघ मोरङ जिल्ला समितिको विभिन्न पदबाट अध्यक्ष हुँदै मुलुक संघीयतामा गएपछि गठित पहिलो प्रदेश कार्य समितिको निवर्तमान अध्यक्ष हुन् ।
संघको महाधिवेशनले पहिलोपटक नयाँ संघीय कार्यसमितिको चयन गर्न सफल भएको छ । महाधिवेशनबाट सोमनाथ गिरीको नेतृत्वमा समिति गठन भएको छ । महासचिवमा ज्ञानेन्द्र रावल विजयी भएका छन् ।
४३ सदस्यीय निर्वाचित समिति र नेपाली कांग्रेसको विधानमा उल्लेखित शुभेच्छुक संस्थाका निम्ति छुट्याएको महाधिवेशन प्रतिनिधि ६ जनासहित ४९ जनाको निर्वाचित समिति गठन भएको छ ।