काठमान्डौं,२९ चैत ।
उद्योगी चन्द्र ढकाल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अध्यक्ष बनेका छन् । वरिष्ठ उपाध्यक्ष स्वत: अर्को कार्यकालका लागि अध्यक्ष हुने विधानअनुसार ढकाल नयाँ कार्यकालका लागि अध्यक्ष बनेका हुन् ।
नयाँ नेतृत्व चयनका लागि मंगलबार र बुधबार भएको ५७औं साधारणसभामा वरिष्ठ उपाध्यक्षसहित ६४ पदका लागि मतदान भएको छ । यसको नतिजा बुधबार रातिसम्ममा प्रकाशन हुनेछ । तर साधारणसभा सकिएलगत्तै वरिष्ठ उपाध्यक्ष ढकाल अध्यक्ष चुनिएका हुन् ।