Birat Post मंगलबार, चैत्र २८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विरानगर,२८ चैत ।

१३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि मोरङको बुढीगंगा गाउँपालिस्थित टंकीसिनवारीको जनप्रिय माविमा सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’, भन्ने मूल नाराका साथ मंगलबारदेखि सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कोसी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री आचार्यले बालबालिकाका लागि यस्तो मौसममा खेलकुद गर्न नहुने बताए । उनले बालबालिका अनुकूलको मौसम नभएको हुँदा आयोजकहरुले खेल तालिकालाई परिवर्त गर्नुपर्छ । चैत, वैशाखभन्दा अघि नै यस्तो खेलकुदका कार्यक्रम गरे लक्षित गरिएको बालबालिकालाई सहज हुने थियो । सरकार खेलकुदको विकासका लागि काम गर्दै आएको छ । उनले प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा संरचना बनाएर खेलको विकास गर्दै आएको छ ।

बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रवण ऋषिदेवलगायतले शुभकामना व्यक्त गरेका थिए ।
मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा बुढीगंगा गाउँपालिकाको सहआयोजनामा सुरु भएको राष्ट्रपति रनिङ चैत ३० गतेसम्म हुनेछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ । जिल्लाको १४ पालिकाबाट १ हजार जना खेलाडीको सहभागिता रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल