Birat Post मंगलबार, चैत्र २८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२८ चैत /सुर्तीजन्य पदार्थ सेवन निषेध गर्ने महानगरको तयारी स्वागतयोग्य भएको भन्दै सरोकारवालाहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छ । वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागेको सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने अभियान सफल बन्नेमा महानगर आशावादी रहेको छ ।
महानगरले मंगलबार आयोजना गरेको छलफलमा सहभागी सरोकारवालाहरुले महानगरले गरेको निर्णय कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेको जनाए । महानगरका कार्यबाहक मेयर काजीबहादुर बस्नेत र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा भएको छलफलमा सहभागीहरुले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्न कठोर कदम चाल्नसमेत महानगरलाई सुझाव दिए ।

कार्यक्रममा नोवेल मेडिकल कलेजका प्रिन्सिपल डा. अमर यादव, विराट हेल्थ कलेजका प्रिन्सिपल अजयकुमार दास, कोशी हेल्थ इन्सिच्यूटका व्यवस्थापक सुधन पौडेल, न्यूरो हेल्थ कलेजका प्रिन्सिपल टीका निरौला, नर्सिङ कलेज विराटनगरकी प्रमुख मेनुका भण्डारी, हाम्रो नर्सिङ कलेजका प्रिन्सिपल प्रिजा केसी भट्टराई, पोखरिया माविका प्रधानाध्यापक खेमराज भट्टराई, महिला स्वास्थ्य स्वयमसेविका, आमा समूहलगायतका प्रतिनिधिहरुले सुर्तीजन्य पदार्थको सेवनका कारण प्राणघातक रोगहरु बढ्दै गएकाले उत्पादनमै रोक्नुपर्नेमा जोड दिए ।

सहभागी सबैले महानगरपालिकाको नगर सभाको निर्णयलाई स्वागत गर्दै अभियानलाई सफल पार्नका लागि सबै क्षेत्र लाग्नुपर्ने बताएका थिए । छलफलमा सहभागीहरुले वैशाख १ गतेदेखि आफ्नो कार्यालयमा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्ने प्रतिबद्धता जनाएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । छलफललाई सम्बोधन गर्दै कार्यबाहक मेयर बस्नेतले महानगरको निर्णय कार्यान्वयन गर्न सबैलाई आग्रह गरे । उनले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ सेवन गरे महानगरले कारबाही गर्ने चेतावनी दिए । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत कोइरालाले पहिलो चरणमा मानिस व्यवहारमा परिवर्तन ल्याउनका लागि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने बताए । अभियानलाई प्रभावकारी बनाउन बिहीबार महानगरबाट सचेतनामूलक र्‍याली निकालिने स्वास्थ्य महाशाखा प्रमुख अलीले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल