विराटनगर,२५ चैत ।
कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री जीवन आचार्यले पहिलो महिनाको तलब सामाजिक क्षेत्रमा खर्चिएका छन् । शहीद इश्वर ढुंगानाको परिवारलाई तलबमा पाएको रकम बराबरको दुधदिने लहिनो गाई किनेर प्रदान गरेका हुन् । मोरङको बुढीगंगा ७ आदिवासी चोक खोलाटोलमा शहीद ढुंगानाका परिवारहरु वस्छन् ।
सामाजिक क्षेत्रमा केही गरौ भन्ने भावनाका साथ यस्तो सोच आएको र तलबमा आएको रकम बराबरको गाई किनेर प्रदान गरेको मन्त्री आचार्यले बताएका छन् । जनजीविकाको सवालमा प्रत्यक्ष सेवा पुग्नेगरीका काम राज्यबाट हुनुपर्नेमा उनले जोड दिए । गाइ पाए संगै ढुंगाना परिवारले खुसी व्यक्त गरेका छन् ।