Birat Post बुधबार, चैत्र २२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२२ चैत ।

गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता विराटनगरमा सुरु भएको छ । नेपाल हक्की संघको आयोजनामा भएको खेलको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका थिए । खेलमा ७ वटा टिमले सहभागिता जनाउने संघका अध्यक्ष राजेश गुप्ताले जानकारी दिए ।

यस संगै  राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ। बुधबारबाट विराटनगरको सहिद मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा साविक विजेता आर्मीले नेपाल पुलिस क्लबलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

जित हात पारेको आर्मीका लागि देवसिंह धामीले २, प्रदीप राजवंशी, रोशन चौधरी, नितेश न्यौपाने र रोशन चौधरीले समान १ गोल गरेका थिए।

चौथो संस्करणमा पहिलोपटक सहभागिता जनाएको पुलिसका लागि महेश धामीले सान्त्वना गोल फर्काएका थिए। प्रतियोगिताअन्तर्गत दोस्रो दिनको पहिलो खेलमा मधेस प्रदेशले घरेलु टोली कोशी प्रदेश, नेपाल पुलिस क्लबले पूर्वविजेता गण्डकी प्रदेश र कर्णाली प्रदेशले साविक विजेता आर्मीको सामना गर्नेछन्।

प्रतियोगितामा दुई विभागीय आर्मी, नेपाल पुलिस, कर्णाली प्रदेश र पूर्व विजेता गण्डकी प्रदेश समूह ए मा रहेका छन्। त्यसैगरी, समूह बीमा कोशी, मधेश र सुदूरपश्चिम प्रदेश छन्।

यसअघि, झापामा सम्पन्न पहिलो संस्करणमा गण्डकी प्रदेशले उपाधि हात पारेको थियो। त्यसैगरी, विराटनगरमा सम्पन्न दोस्रोमा लुम्बिनी प्रदेश र तेस्रोमा त्रिभुवन आर्मीले उपाधि आफ्नो पक्षमा पारेको थियो। आयोजक पक्षका अनुसार प्रतियोगिता विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल