Birat Post आइतबार, चैत्र १९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१९ चैत

दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा वाइआरसिसी क्रिकेट क्लब विराटनगर र एनबीएससी क्रिकेट क्लब विराटनगर विजयी भइ सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा होराइजन क्रिकेट क्बल विराटनगरलाई ५ विकेटले हराउँदै वाइआरसिसी सेमिफाइनलमा पुगेको हो ।

होराइजनले दिएको १८४ रनको विजय लक्ष्य वाइआरसिसी विराटनगरले १८ ओभर ४ बलमा ५ विकेट गुमाइ पूरा गर्यो । जसमा दिलिप नाथले ७८ रनको अर्धसतकिय इनिङ खेले । दिपक पासवानले २६ रनको योगदान दिए । सरथ भेषकरले ७ रनमा अविजित रहे ।
बलिङमा वाइआरसिसीका कमल खत्री, सचि यादवले समान २/२ विकेट लिए । हेमन्त धामीले १ विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको होराइजनले निर्धातिर २० ओभरमा ७ विकेट गुमाइ १८३ रनको स्कोर बनाएको थियो । जसमा मिनिष थापाले सतक कटाएका थिए । १०६ रनको योगदान दिने थापा खेलको म्यान अफ द म्याच घोषित भए । उनको ब्याटबाट ८ छक्का र ४ चौका प्रहार भयो । राकेश कामतले २७ रन बनाए । कपिल मण्डलले अविजित १७ रनको योगदान दिए ।

बलिङमा होराइजनका दिपक जोशी, सवर्ण किस्कु, कपिल मण्डलले समान १–१ विकेट लिए । सोही दिन भएको दोस्रो खेलमा मिल्स एकेडेमी क्रिकेट क्बल रानीलाई ४९ रनले स्तब्ध बनाउँदै एनबीएससी क्रिकेट क्लब विराटनगर सेमिफाइनलमा पुगेको छ ।

टस जितेर ब्याटिङ रोजेको एनबीएससीले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ २३९ रनको विशाल योगफल खडा गरेको थियो । जसमा एनबीएससीका विपिन सौरवले ८५ अर्धसतिय इनिङ खेले । विधान गोस्वामीले ४७ रन, प्रशान्त कुमारले ३४ रन बनाए । बलिङमा मिल्सले मिरास खानले ४ विकेट लिए । अंकित गोस्वामी र दानिसले समान २–२ विकेट लिए ।

२४० रनको विशाल विजय लक्ष्य पछ्याएको मिल्स क्रिकेट क्लबले १९ ओभर ४ बलमा अलआउट भइ १९० रनमा सिमित भयो ।
जसमा विकास लोलियाले ८८ रनको अर्धसतकिय इङनिङ खेले । अभिन्नदनले १५ रन, अंकित गोस्वामीले १३ रन बनाए ।

एनबीएससीका अनुभव श्रीवास्तवले ३ विकेट लिए । रोहित कुमार र प्रशान्त कुमारले समान २/२ विकेट लिए ।
म्यान अफ द म्याच एनबीएससीका विपिन सौरव घोषित भए । सोमबारको खेल ओसिस काठमाण्डौ र सप्तरी ११ बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल दिल्ली देवस र विरगन्ज युथ क्रिकेट क्लब बिच हुनेछ ।

 

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल