Birat Post शुक्रबार, चैत्र १७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ चैत । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा वाइआरसीसी विराटनगर र भारतको नरपथग्राम क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको जुट मिलमा शुक्रबार भएको पहिलो खेलमा वाइआरसीसी विराटनगरले सुनसरी ११ क्रिकेट क्लबलाई ८ विकेटले निराश बनाउँदै विराटनगर क्वाटरफाइनलमा पुगेको हो ।

टस जितरेर ब्याटिङ रोजेको सुनसरीले निर्धारित २० ओभरमा १० विकेट गुमाइ १०२ रन बनाएका थिए । जसमा सुनसरीका गौरव कटुवालले ३० रन बनाए । रविनले मण्डलले १७ रनको योगदान दिए । भुपाल लुईटलेल १३ रन बनाए । बलिङतर्फ वाइआरसीसी विराटनगरका हेमन्त धामीले, कमल खत्री र सवर्ण यादवले २–२ विकेट लिए । १०३ रनको बिजय लक्ष्य पछ्याएको विराटनगरले १० ओभरमा २ विकेट गुमाइ सो लक्ष्य भेट्टयाएको थियो । जसमा विराटनगरका मुकेश शर्माले ४३ रनको योगदान दिए । दिलिप नाथले ३७ रन बनाए । दिपक पासवनले १७ रनको योगदान दिए ।

बलिङतर्फ सुनसरीका संजिव तिम्सिना र प्रकाश कार्कीले १–१ विकेट लिए । म्यान अफ द म्याच वाइआरसीसी विराटनगर मुकेश शर्मा घोषित भए । सोही दिन भएको दोस्रो खेलमा भारतको पूर्णियालाई ९ विकेटले हराउँदै नरपथग्राम क्रिकेट क्लब क्वाटर फाइनलमा पुगेको छ । निर्धारित २० ओभरमा ९ विकेट गुमाइ पुर्णियाले १७० रन बनाएको थियो । जसमा पुर्णिायाका भास्कर दुधेले ७६ रन बनाए । मनकुमारले ३३ रनको योगदान दिए । शिखर सिंहले १८ रन बनाए । बलिङ्गतर्फ नरपथग्रामका रबनाकुमारले ३ विकेट, साहिन कुमारले २ विकेट लिए ।

१७१ रनको विजय लक्ष्य पछ्याएको नगरपथग्रामले ७ ओभरमा १ विकेट गुमइ सो विजय लक्ष्य भेटेका थिए । नगरपथ ग्रामका अभिषेक पाठकले उत्कृष्ट ब्याटिङ गरे । २७ बलमा १ सय १० रन शतक ईङनिल खेलेर बनाएर उनी अविजित रहे । उनले १४ छक्का, ६ चौका प्रहार गरेका थिए । भानु आन्नदले २३ रन बनाए । उनले सन २०१४ मा आइपिएल खेलाडी पनि हुन् । पुलिस कुमारले १६ रन बनाए ।
म्यान अफ द म्याच अभिषेक पाठक घोषित भए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल