बारा ,१६ चैत ।
बारा २ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव उठ्ने पक्का भएको छ । यसका लागि जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेशले यादवको नाम सिफारिस गर्दै छ ।
बारा २ बाट प्रतिनिधि सभा सदस्यमा जितेका रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो क्षेत्र खाली भएको हो। सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन गइरहेको छ। जसपाका अध्यक्ष उपेन्द्र यादवले त्यहाँबाट उम्मेदवारी दिने लगभग निश्चित भएको एक नेताले जानकारी दिए । अध्यक्ष यादव सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए ।