विराटनगर,१२ चैत ।
पत्रकार कल्याण कोष मोरङबाट प्रदान गरिने सिर्जनशिल र उदयमान पत्रकारिता पुस्कार –२०७९ यही चैत महिनामा प्रदान गर्नका लागि छनौट समिति गठन गरिएको छ । कोषका अध्यक्ष प्रल्हाद साहको संयोजकत्वमा गठन गरिएको समितिमा सचिव शर्मानन्द चौधरी र टीकाप्रसाद उप्रेती रहेका छन् ।
प्रत्येक दुई बर्षमा प्रदान गरिने सिर्जनशिल पत्रकार पुरस्कारको राशी रु ५१ हजार १११ रहेको छ भने प्रत्येक बर्ष प्रदान गरिने उदयमान पत्रकार पुरस्कारको राशी रु ३१ हजार १११ रहेको छ । विसं २०४२ मा स्थापना भएको कोषले मोरङलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्ने सञ्चारकर्मीहरुलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ ।