Birat Post आइतबार, चैत्र १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,१२ चैत /

मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा आक्रमक रुपमा लागेको विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरु हटाएको हो । ट्राफिक प्रहरी कार्यालय अगाडि सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै महानगरमा अत्यधिक गुनासो आएपछि मेयर कोइराला आफैं उपस्थित भएर पार्किङ गरेका सवारी हटाउन लगाए ।

महानगर प्रहरीसहित पुगेका मेयर कोइरालाले सडक र फुटपाथमा पार्किङ गरेका सवारीलाई तत्काल हटाउन निर्देशन दिए । सडकमा राखेका मोटरसाइकल नगर प्रहरीले हटाएको थियो भने चारचक्के सवारी साधन ट्राफिक प्रहरी आफैंले हटाएको थियो । कारबाहीमा परेका सवारी साधनलाई ट्राफिक प्रहरीले कार्यालय अगाडिको सडक र फुटपाथमा वर्षौंदेखि राख्दै आएको थियो । महानगरले मुख्य बजार क्षेत्रलाई पार्किङ निषेध गरेकाले ट्राफिक प्रहरी कार्यालय अगाडिको सडकमा पार्किङ गर्दा गलत सन्देश जाने भन्दै ट्राफिक प्रमुख सुनिलकुमार श्रेष्ठलाई मेयर कोइरालाले अबदेखि पार्किङ नगर्न आग्रह गरे ।

नियम कानुन सबैलाई बराबर लाग्ने भन्दै मेयर कोइरालाले विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा आफूहरु लागेको सुनाए । “ट्राफिकका इन्स्पेक्टर साब पनि यहीं हुनुहुन्छ । मैले उहाँलाई सडकमा सवारी नराख्न आग्रह गरिसकेको छु । अबदेखि यहाँ सर्वसाधारणले सवारी पार्किङ भएको देख्नु हुनेछैन,” मेयर कोइरालाले भने, “ट्राफिक प्रहरी कार्यालय अगाडिलाई नो पार्किङ किन नगरेको भनेर धेरैले गुनासो गर्नुभयो । कतिले त ‘सानालाई ऐन ठूलालाई चैन हो कि के हो मेयर साब’ भन्नुभयो । विराटनगरमा नियम कानुन सबैलाई बराबरी लाग्छ ।”

विराटनगरवासीले बजारलाई पार्किङ निषेध गरे पनि ट्राफिक कार्यालय अगाडि गर्न नसकेको भन्दै धेरै नै गुनासो गरेका कारण आफैं उपस्थित भएर सवारी साधन हटाएको उनको भनाइ थियो । जनगुनासोलाई सम्बोधन गर्दै अबदेखि ट्राफिक कार्यालय अगाडिको सडकलाई पनि पार्किङ निषेध गरिएको नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए । उनले भने, “मेयर साबको उपस्थितिमा ट्राफिक कार्यालय अगाडिको सडक र फुटपाथलाई आजैदेखि नो पार्किङ घोषणा गरिएको छ ।”
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिलकुमार श्रेष्ठले ठाउँ अभावका कारण विगतदेखि नै राख्दै आए पनि अबदेखि व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । श्रेष्ठले अबदेखि वैकल्पिक ठाउँमा पार्किङ गरिने बताए ।

“कार्यालयभित्र पार्किङ गर्न स्थान थोरै छ,” प्रमुख श्रेष्ठले भने, “अबदेखि वैकल्पिक स्थान खोजेर त्यहीं पार्किङ गर्नेछौं ।” ट्राफिक व्यवस्थापन गर्ने निकायकै कार्यालय अगाडिको सडकमा अव्यवस्थित पार्किङ गर्नु लाजमर्दो भएको स्थानीयको भनाइ छ । मेयर कोइराला आफैं उपस्थित भएर ट्राफिक प्रहरी कार्यालय अगाडि वर्षौंदेखि गर्दै आएको सवारी पार्किङ हटाउनु सकारात्मक भएको स्थानीय तीर्थराज घिमिरेले प्रतिक्रिया दिए ।

“पार्किङ व्यवस्थापनमा महानगरपालिकाले अत्यन्तै उदाहरणीय कार्य गरेको छ ।यसमा मेयर साब धन्यवादको पात्र बन्नु भएको छ,” उनले भने, “करोडौं खर्च गरेर पार्किङका लागि सडक बनाएको होइन । यसमा जनताले पनि बुझ्नु जरुरी छ ।” घिमिरेकै जस्तै स्थानीय युवराज बस्नेत र बुधन पासवानले पनि प्रतिक्रिया दिए । उनीहरुले भने, “ट्राफिक प्रहरीले सडक नै ढाक्ने गरी सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको थियो । अब चाहिं हिंड्न सहज हुने भयो ।” विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले पछिल्लो समय पार्किङ व्यवस्थापनलाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल