Birat Post शनिबार, चैत्र ११, २०७९ मा प्रकाशित

featured photo: Birat Post

मोरङ,११ चैत ।

मैथिली भाषाको विकास एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने पाँच जनालाई नगद सहित पुरस्कृत गरिएको छ । मैथिल सञ्चारकर्मी संघ नेपाल कोशी प्रदेशद्वारा शनिबार आयोजित एक समारोहमा पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेहरुमा इन्द्र मिथिला गौरव सम्मानबाट धिरेन्द्र प्रेमहर्षीलाई नगद रु २१ हजार १११ , उज्वल मिथिला नछत्र गौरव सम्मानबाट रामा मण्डल रु ११ हजार १११ ,रघुनाथ गुप्ता स्वतन्त्र सेनानी पुरस्कारवाट राधा देवी मण्डल रु सात हजार १५१, रामपरि देवी पत्रकार पुरस्कारवाट ब्रह्मदेव यादव रु पाँच हजार १११ र कौशल्या मुसहरी स्मृति पुरस्कारवाट सुश्री श्रेयालाई रु पाँच हजार एवं सम्मानपत्रबाट पुरस्कृत गरिएको छ ।

उनिहरुलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पुरस्कार वितरण गरेका थिए । मैथिल सञ्चारकर्मी संघ नेपाल कोशी प्रदेशका अध्यक्ष नविन कर्णको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभाका सदस्य योगेन्द्र मण्डलले यस क्षेत्रमा बसोवास गर्ने विपत्र मैथिली भाषीहरुलाई शिक्षामा पुहुँच पुर्‍याउन आवश्यक सहयोग गर्ने बताए । कोशी प्रदेशका पूर्वमन्त्री जयराम यादवले मैथिली सञ्चारकर्मीहरुलाई आफ्नो बुबा बर्जु यादवको नाममा रु एक लाख २१ हजार १११ को अक्षय कोष स्थापना गर्ने घोषणा गरे ।

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जनताको अधिकार स्थापना गर्न राजनीतिक दलका नेतृत्वहरुले नीति निर्माण तहमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा संघका महासचिव वीरेन्द्रकुमार साह र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सन्जीव खनाल लगायतले मैथिली भाषा,सस्कृतिको विकासका लागि सञ्चारकर्मीहरुले कलम चलाउनु पर्ने सुझाव दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल