काठमाडौँ,११ चैत । कोशी प्रदेशको नामाकरणको विषयमा आन्दोलनरत पक्षसँग वार्ताका लागि नेपाल सरकारले वार्तासमिति गठन गरेको छ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आन्दोलनरत पक्षसहित बसेको बैठकले वार्तासमिति गठन गरेको छ । प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय वार्तासमिति गठन गरेको हो।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर भइरहेको आन्दोलन र आन्दोलनको क्रममा पदम लिम्बुको निधन भएकोमा दुख व्यक्त गरेका छन् । उनले वार्ताबाटै समस्याको समाधान गर्न आग्रह गरेका छन् ।
ए