काठमाडौं,११ चैत ।
कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको हो ।
यस संगै समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सरोकारवाला पक्षलाई संवादका लागि पनि आव्हान समेत गरेको छ । पहिचानबादी अगुवाहरु संग बोल्दै प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेश नामाकरणमा देखिएको विवादपछि उत्पन्न घटनाक्रमप्रति सरकार गम्भीर रहेको बताएका छन् ।
चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानविन अघि बढाउने विषयमा गृहकार्य भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।