Birat Post शुक्रबार, चैत्र १०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१० चैत ।

विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई सडनडेथमा ६–५ गोलले पन्छाउँदै जाउलाखेल अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइबे्रकरमा दुवै टोलीले ५–५ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो । सडनडेथमा जाउलाखेलको तर्फबाट सीमान्त थापा, विदेशी खेलाडी फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र बिसाल तामाङ्गले गोल गरेका थिए ।

आर्मीको तर्फबाट टंक बस्नेत, टेक बहादुर बुढाथोकी, कप्तान जिलेस्पी जंग कार्की, सन्तोष केसी र गोलकिपर बिकेस कुथुले गोल गरेका थिए भने सेसेहाङ्ग आङदङबेको प्रहार बाहिरिदा दोस्रो खेलबाट आर्मी घर फर्किन बाध्य भयो । जितसँगै जाउलाखेलले घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते पहिलो सेमिफाइनल खेल खेल्ने छ ।

आर्मी र जाउलाखेलले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित र अतिरिक्त समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । आर्मीले गोलका उत्कृष्ट अवसरलाई सदुपयोग गर्न नसक्दा उ पहिलो खेलबाटै घर फर्कन बाध्य भयो ।
आर्मीले दशौं मिनेटमा गोल गर्ने अवसर गुमायो । टोलीका आशिष शाक्यको प्रहार बाहिरयो । आर्मीका कप्तान जिलेस्पी जंग कार्कीले २३ औं मिनेटमा ३० यार्डदेखिको कडा प्रहार जाउलाखेलका गोलकिपर अनिष देउलाले नियन्त्रणमा लिँदै गोल हुनबाट जोगाएका थिए । त्यसलगतै भरत चौधरीले बिट भइसकेको अवस्थामा बललाई सही दिशा दिन सकेनन । ३६ औं मिनेटमा आर्मीका सुलिद राईले डिफेन्डरलाई क्रस गरेर निकालेको बल सुशासन्त चौधरीले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत गर्न चुेक ।
जाउलाखेलका विदेशी खेलाडी मसोवीको पनि ३९ औं मिनेटमा गोल गर्न चुकेका थिए । राहुलले ४४ औं मिनेटमा निकालिदिएको वान भर्सेस वानको प्रहार मसोवीले गोल गने अवसर गुमाएका थिए । त्यसलगतै उनको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुबाट डिफ्लेक्ट हुँदै बाहिरियो ।
बलको कर्नर प्रहारमा सुशान्त चौधरीको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

दोस्रो हाफबाट आर्मीले आक्रमक खेल पस्किए पनि गोलमा परिणत गर्न नसक्दा घर फर्किन बाध्य भयो । ५२ औं मिनेटमा कप्तान जिलेस्पीको हेड पोस्टमाथिबाट बाहिरिँदा आर्मीले अग्रता लिन सकेन । ६० औं मिनेटमा मध्यभागबाट एक्लै बल अघि बढाएका सेसेहाङ्ग आङ्देङबकोे प्रहार दायाँ बार हुँदै बाहिरिँदा आर्मीले गोल गर्नबाट चुक्यो । ६५ औं मिनेटमा वान भर्सेस वानमा जावलाखेलका सीमन्त थापाको डिबक्स भित्रको कडा प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाएका थिए । लगत्तै विदेशी खेलाडी आयोवको प्रहार पनि गोलरक्षक कुथुले विफल पारे ।

७३ औ मिनेटमा आर्मिका सुदिप राईले पेनाल्टी एरियामा निकालिदिएको बल कप्तान जिलेस्पीको प्रहार पोसमाथिबाट बाहिरिदा गोल गर्ने अवसर खेर गयो । ८३ औं मिनेटमा युद्ध शाहीले निकालिदिएको पास जिलेस्पीले डिबक्सभित्र बल नियन्त्रणमा लिन नसक्दा गोल गर्नबाट चुक्यो । ८६ औं मिनेटमा जावलाखेलका कप्तान सिमान्त थापाले मध्यभागबाट बल एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट आर्मीका गोलरक्षकलाई बीट गर्न नसक्दा गोल गर्ने राम्रो अवसर गुमाएका थिए ।

अतिरिक्त समयको १५ औं मिनेटमा आर्मीका सन्तोष केसीले फ्रिकिक कप्तान जिलेस्पीले पेनाल्टी एरियाबाट बललाइ नियन्त्रणमा लिएर गरेको प्रहार पोसमाथिबाट बाहिरियो । शनिबारको तेस्रो क्वाटरफाइनल खेल साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुनेछ ।
खेलको म्यान अफ द म्याच जाउलाखेलका सीमान्त थापा घोषित भए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल