Birat Post बिहिबार, चैत्र ०९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,९ चैत । नेपाली कांग्रेस कोेशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले दलहरुवीच सहमति, सहकार्य र एकताको माध्यमवाटै कोशी प्रदेश नामाकरण भएकाले यसका विषयमा विरोध गरिरहन आवश्यक नरहेको बताएका छन् । नेपाल शिक्षक संघ कोशी प्रदेशको दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै उनले यस्तो वताएका हुन् । सवै दलहरुवीच वृहत छलफल गरी पास भएको कोशी प्रदेशले सवैको भावनालाई समेटेको दावी गरे ।

लामो समय नामविहीन बनेको प्रदेशमा आफूहरु सांसद वनिरहदा बेनामे  प्रदेशको सांसद भनेर चिनिनु परेको स्मरण गर्दै नेता थापाले भने, ” ९० प्रतिशत सांसदको बहुमतले कोशी नाम पारित भएको विषयलाई विरोध गर्न आवश्यक छैन ।” कोशी सबैको सभ्यता र पहिचान सँग पनि जोडिएको भन्दै उनले अब यस विषयमा अल्झिन नहुने बताए ।

प्रदेश नामाकरणका विषयमा केही पहिचानवादी साथिहरुले विरोध गरिरहनु भएको छ ,उनले भने ” यसलाई पनि कांग्रेसले पनि नजिक बाट नियालीरहेको छ । नामाकरणका विषयमा भइरहेको विरोध र गतिविधिको कांग्रेस विरोधी हैन ,हामी छलफल गर्न तयार छौ तर कोशी हुदा के विग्रिएको छ त ?”

विगत देखिनै संसदीय अभ्यासकारुपमा बहुमतका आधारमा दलहरु वीच सहमति सहकार्यको प्रयास भइरहेको भन्दै उनले भने,” संविधान जारी गर्दा पनि मधेसवादी दलहरुले विरोध गर्नु भएको थियो ,प्रदेश नामाकरणमा पनि अन्य प्रदेशहरुमा यसखाले प्रयासवाटै सम्भव भएको हो , कोशी प्रदेशको नामाकरण गर्दा पनि केही साथिहरुलाई चित्त बुझेको छैन ,यो स्वभाविक हो ।”

यस्तै उनले शिक्षकहरुका समस्या संख्यात्मकरुपमा धेरै नरहेको र समस्या समाधान गर्ने सवालमा प्रदेश सरकार मार्फत संवोधन गर्नेमा आफु दृढ रहेको बताए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल