विराटनगर,९ चैत । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत निर्वाचित भएका छन् । बिहीबार झापाको विर्तामोडमा भएको महासंघको साधारणसभाबाट राउत सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
महासंघको उपाध्यक्षमा भीम पौडेल र कुमारमणी पोखरेल र कोषाध्यक्षमा सुवास आचार्य चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश सिवाकोटी, ऋषिराज तिम्सिना ,राजन श्रेष्ठ , दिपक पाण्डे ,विनकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।