काठमाडौँ ,८ चैत । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन जनाविरूद्ध अभद्र व्यवहारमा मुद्दा चलाईने भएको छ । उनीहरुमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको हो।
मंगलबार प्रधानमन्त्री प्रचण्ड सहभागी कार्यक्रममा नाराबाजी गरेको आरोपमा ३ जना युवा पक्राउ परेका थिए। पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा रहेका छन्। उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको जनाईएको छ ।