Birat Post मंगलबार, चैत्र ०७, २०७९ मा प्रकाशित

featured photo: Birat Post
विराटनगर ।
नेपाल दशनामी समाजले दश नामी सन्यासी समुदायलाई आदिवासी जातीको रूपमा परिभाषित गर्न माग गरेको छ । इटहरीमा भएको दश नामी समाजको छैटौँ राष्ट्रिय महाधिवेशनले नौ बुँदे घोषणा पत्र जारी गर्दै नेपालमा बसोबास गर्ने दश नामी सन्यासी समुदायलाई राष्ट्रिय समावेशी आयोग मार्फत थर सूचीकरण  गर्न पनि माग गरेको हो । यस्तै  दशनामी जातिसँग सम्बन्धित पुरानो मौलिक परम्परा, गढी किल्ला, ऐतिहासिक स्थल, समाधि स्थल, मठमन्दिर, गुफा, संस्कृति, परम्परा, पुराना दस्ताबेज, शिलालेख, भाषा तथा धार्मिक पुरातात्त्विक महत्त्वका स्थलहरू आदिको व्यवस्थित रूपमा संरक्षण गर्न आवश्यक बजेट व्यवस्थाका लागि तिनै तहका सरकारलाई घोषणा पात्र मार्फत समाजले ध्यानाकर्षण गराएको छ  ।
घोषणा पत्रमा भनिएको छ,‘ नेपालको विद्यमान कानुनले आदिवासीको ठोस परिभाषा नगरेको हुँदा आदिम युगदेखि यस धर्तीमा बसोबास रही आएको खस आर्य तथा यस अन्तर्गतको दश नामी सन्यासी समुदायलाई आदिवासी जातीको रूपमा परिभाषित गर्न आवश्यक छ । ’ घोषणा पत्रमा दश नामी सन्यासी जातिको मौलिक संस्कार संस्कृतिको थप अध्ययन अनुसन्धान गरी संरक्षण संवर्द्धन गर्दै संस्कारगत एकरूपता कायम गर्न समाजका तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने उल्लेख छ ।  नौ वुदँे घोषणा पत्रमा दश नामी अक्षयकोष सञ्चालन सम्बन्धी कार्यविधि अनुरूप कोष सञ्चालन गर्ने, कृषि क्षेत्रमा रहेका यस समुदायका मानिसहरूको जीवनस्तर उकास्न आधुनिक कृषि प्रणालीमा जोड दिने उल्लेख छ । यसै गरी दशनामीहरुको समग्र पारिवारिक लगत र तथ्याङ्क सङ्कलन गर्न आवश्यक देखिएकोले तथ्याङ्क सङ्कलन कार्य तथा सांगठानिक कार्यलाई तीव्रता दिन डिजिटललाइज प्रविधिद्वारा व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।
महाधिवेशनले गोविन्द विक्रम गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन समेत गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा तारा गिरी, केन्द्रीय उपाध्यक्षहरूमा तेजबहादुर पुरी कोसी, सुरेश गिरी मधेस, तुलसी गिरी, गण्डकी, गोपाल गिरी लुम्बिनी, पार्वती कुमारी गिरी कर्णाली, हिमालय गिरी सुदूरपश्चिम चयन भएका छन् ।
यस्तै महिला उपाध्यक्षमा रीतु गिरी, खुल्ला उपाध्यक्षमा  हिमाल गिरी, सरस्वती गिरी, सुरेन्द्रबहादुर गिरी सचिवमा सन्तोष गिरी, जगबहादुर गिरी निर्वाचित भएका छन् ।  कोषाध्यक्षमा भत्त बहादुर पुरी  निर्वाचित  भएका छन् भने महासचिव भने पछि मनोनीत गरिने अध्यक्ष गोविन्द विक्रम गिरीले बताए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल