विराटनगर,६ चैत ।
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल डेन्टल एशोसिएसन मोरङले सचेतनामुलक र्याली निकालेको छ । कोशी अस्पतालको विशेष सहयोगमा सोमबार निकालिएको सचेतनामुलक र्यालीले नगरका विभिन्न भागको परिक्रममा गरेको थियो ।
र्यालीमा दन्त रोग विशेषज्ञ लगायत नर्स र स्वास्थ्यकर्मीहरूले सहभागिता रहेको डेन्टल एशोसिएसन मोरङकी महासचिव डा.मिरा आचार्यले जानकारी दिइन् ।