काठमाडौँ ,५ चैत। कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् ।
शनिबार सम्पन्न १९औँ साधारण सभामा उनी कुल खसेको ४६८ मतमा २३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले २०९ मत प्राप्त गरिन् ।
निर्वाचित भए संगै अध्यक्ष निरौलाले आफुले घोषणा गरेका सवै कामहरु गर्नका साथै कलाकारको पेसागत सुरक्षाका क्षेत्रमा आवाज उठाउने बताएका छन् ।
यस्तै संघको महासचिवमा सविन श्रेष्ठ उपाध्यक्ष सिबहरी बैरागी, कबीता गेलाल सचिव रामेश्वर बुर्लीकोटी ,कोषाध्यक्ष सुनील कटुवाल निर्वाचित भएका छन् ।