विराटनगर,३ चैत ।
मोरङको ग्रामथान गाउँपालिकामा रहेका दुई सहकारी संस्थामा लुटपाट भएको छ । प्राप्त समाचार अनुसार सौजन्य सहकारी संस्था र ग्रामिण विकास सहकारी संस्थामा आज गएराती लुटपाट भएको हो ।
सौजन्य सहकारीवाट लुटेराहरुको समुहले ७ लाख ७७ हजार, ४५ रुपैया लुटेको र ग्रामिण विकास सहकारी संस्थामा भने पैसा नराखिएकोले केही लान नसकेको जानकारी आफुलाई प्राप्त भएको स्थानिय जनप्रतिनिधि गोपाल न्यौपानेले जानकारी दिए ।
यसका विषयमा थप अनुसन्धान प्रहरीले गरिरहेको र अन्य विवरण आउने वताइएको छ । स्थानिय पसलहरुमा लाएको सिसिक्यामेरामा भने लुटेराहरू बोलेरोमा आएको देखिएको तर सोही प्रयोजनमा प्रयोग भए नभएको अनुसन्धानपछि खुल्ने स्थानिय बताउछन् ।