विराटनगर,२ चैत ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई जिताउन कांग्रेसका नेताहरु सक्रिय देखिएका छन् । मोरङका विभिन्न क्याम्पसहरुमा उनिहरुको सक्रियता बढेको हो । विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा विशेषत कांग्रेसका स्थानिय देखि केन्द्रीय नेताहरु समेत प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा नेविसंघलाई जिताउन लागेका छन्।
स्ववियुको अध्यक्षमा नेविसंघले अध्यक्षमा जसवन्त पौडेललाई उम्मेदवार बनाएको छ । क्याम्पसमा नेविसंघको नेतृत्वको टिमलाई जिताउन कांग्रेसका युवा नेताहरु अरुण न्यौपाने,प्रविण जोशी,विनायक पन्त लगायतको एउटा टोलिनै परिचालन भएको छ । उनिहरुले दैनिक जसो विद्यार्थी नेताहरुलाई परामर्श दिइरहेका भेटिन्छन् ।