विराटनगर,२ चैत । चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा विराटनगर स्थित शिक्षादीप कलेजकी अदिती कुमारी जैन छात्रातर्फ एमबीबीएस इन्ट्रान्स टप गरेकी छिन् ।
आयोगले फागुन २४ गते प्रवेश परीक्षा लिएको थियो । बुधबार निकालिएको नतिजामा शिक्षादीप कलेजमा अध्ययन गरेकी सुनसरीे हरिनगरा गाउँपालिका – ४ की २० वर्षीया जैन प्रवेश परीक्षामा टपर भएकी हुन् ।
२ सय पूर्णांकमा १७१.५ अंक प्राप्त गरेर सर्वोत्कृष्ट भएकी उनलाई अदिती कुमारी जैन र उनका बावु अजय जैनलाई बिहिबार शिक्षादीप कलेजले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । अदितीलाई कलेज व्यस्थापन सिमितिका अध्यक्ष तथा कोशी प्रदेशका साँसद भीम पराजुलीले सम्मान गरेका छन् ।
कार्यक्रममा अदितीका बुवा अजयले छोरीको मेहनत र शिक्षादीप कलेजका कारण आज सफलता मिलेको भन्दै खुसी व्यक्त गरे ।सानैदेखिको चिकित्सक बन्ने सपना पुरा भएको अदितीले बताएकी छन् । उनी अव त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा एम.वि.वि.एस पढ्ने छिन् ।
कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष तथा कोशी प्रदेश सांसद भीम पराजुलीले अनुशासित, मेहनतको कारणले अदीतीले सफलता लिएको बताए । कलेजले गुणस्तरीय शिक्षा प्रदानमा कुनै सम्झौता नगरी अगाडी बढेको बताए । यस्तै शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले शिक्षादीपले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्ने गरेको फेहरिस्त सुनाए ।