काठमाडौं,१ चैत्र ।
गत २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा तटस्थ बसेको राप्रपा उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने भएको छ । राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरेको हो ।
धुम्बाराहीमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ ।