काठमाडौँ,३० फागुन ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने बताएका छन् ।
मंगलबारबाट काठमाडौँमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले बुद्ध जन्मेका देशका नेपाली बासिन्दाहरू कुनै पनि आवेशमा मृत्यदण्डको पक्षमा जान नहुने र नसक्ने बताए ।
अध्यक्ष ओलीले भने, ‘मृत्यदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन। मृत्यदण्डको पक्षमा जानु हुँदैन भन्ने आफ्नो मत भएको भन्दै उनले नागरिकको अधिकारमा पूर्णरुपमा मानवअधिकार लागू हुनेमा बिश्वस्त हुन आग्रह गरे ।