Birat Post सोमबार, फाल्गुण २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ फागुन/ लायन्स क्लब अफ विराटनगरले मोरङको बूढीगंगा गाउँपालिकास्थित टंकीसिनुवारीमा नि:शुल्क आँखा शिविरको आयोजना गरेको छ । शिविरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गर्नुभयो । लायन्स क्लब अफ विराटनगर, लियो क्लब अफ विराटनगर र बूढीगंगा गाउँपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा रामलाल गोल्छा आँखा अस्पतालले प्राविधिक सहयोग गरेको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेस मोरङका उपसभापतिसमेत रहेका कोइरालाले आँखा दान सबैभन्दा ठूलो दान भएको बताउनु भएको छ । उहाँले संसार देख्ने आँखा दान गर्नु सामान्य कुरा नभएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय मोबाइल र टेलिभिजनमा बढी केन्द्रित हुँदा आँखाको समस्या बढ्दै गएकोसमेत दाबी गर्नुभयो । मेयर कोइरालाले बेला–बेला आँखा जाँच गरे समस्या नआउने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका मेयर कोइरालाले लायन्स क्लबले यस्ता शिविर अन्य क्षेत्रमा पनि गर्नुपर्नेमा जोड दिनुभयो । बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अमृताकुमारी गच्छदार, वडा नम्बर १ का अध्यक्ष सोमराज काफ्ले, ३ का तिलकनाथ मण्डल, कार्यक्रम संयोजक जितेन्द्र गोल्छा, लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ (सी) की एरिया चिफ अनुजा कोइराला, लायन्समा आबद्ध राजेश लखौटिया, सुवास अग्रवाल, स्वास्थ्य प्रमुख वासुदेव रेग्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । लायन्सको कार्यभार सम्हालेको ९ महिनामा स्वास्थ्य शिविर, वृक्षारोपण, सरसफाई, न्यानो कपडा वितरणसहित १६० वटा विभिन्न कार्यक्रम आयोजना गरिसकेको क्लबका अध्यक्ष विजय सुरानाले जानकारी दिनुभयो ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल