Birat Post सोमबार, फाल्गुण २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ फागुन ।

विभिन्न उद्योग प्रतिष्ठानहरुमा कार्यरत प्राविधिक कामदारहरुका लागि उद्योग संगठन मोरङले इन्सोर परियोजनाको सहकार्यमा संचालन गरेको चौविस दिने पि.एल.सि. अटोमेशनमा तालिम सम्पन्न भएको छ ।

विभिन्न उद्योग प्रतिष्ठानका तेईस जना प्राविधिकहरुको सहभागिता रहेको तालिमको समापन कार्यक्रममा प्रशिक्ष्ाँर्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले उद्योग व्यवसाय क्ष्ँेत्रका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उपलब्ध नभएको अवस्थामा संगठनले संचालन गरेको तालिमले प्राविधिकहरुको सीपलाई थप परिमार्जित र परिस्कृत गर्न सहयोग पुर्‍याएको विश्वास व्यक्त गरे । दक्ष जनशक्तिले उद्योगको उत्पादकत्व अभिवृद्धिमा सकारात्मक परिणाम दिने भएकाले आगामी दिनमा संगठनले यस प्रकारका तालिमलाई प्राथमिकताका साथ आयोजना गर्ने उपाध्यक्ष्ँ राठीले वताए ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख कृष्ण प्रसाद पोखरेलले तालिमका सहभागिलाई सीपको परिक्षण गर्न अनुरोध गर्दै यसका लागि मन्त्रालय समन्वय गर्न तयार रहेको वताए । इन्स्योर परियोजनाका तालिम संयोजक सुशिल लिंखाले परियोजनाले उद्योग संगठन मोरङको सहकार्यमा आगामी दिनमा नया क्ष्ँेत्र पहिचान गर्ने र सोही आधारमा पाठयक्रम निर्माण र तालिम संचालन गर्ने तयारी भईरहेको जानकारी गराए ।

वकर्स फरदर ट्रेनिङ अन्तर्गत संचालन भएको पि.एल.सी अटोमेशन तालिममासहभागिहरुलाई अटोमेशन र यसका कम्पोनेन्टहरु, उपकरण संचालन विधि, समस्या निराकरणको उपाय र समूचित व्यवस्थापन पद्धती, प्राविधिक खराबीका कारण उत्पादकत्वमा पर्ने असर, मेशिन संचालन गर्दा अपनाउनु पर्ने सुरक्षा व्यवस्था लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक विधिहरु सिकाईएको थियो ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल