Birat Post आइतबार, फाल्गुण २८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२८ फागुन ।नेपालका स्पीनर सन्दीप लामिछानेले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध सातौँ सफलता दिलाएका छन् ।

टीयु क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको युएईले १७ ओभरमा ७ विकेट गुमाएर ५१ रन बनाएको हो । सन्दीपले १७ ओभरको तेस्रो बलमा जवर फरिदलाई २ रनमै आउट गरेका हुन् ।

यसअघि सन्दीपले नै १३ ओभरको चौथो बलमा रोहन मुस्तफालाई ६ रनमा आउट गरेका थिए ।

त्यसअघि पहिलो, तेस्रो, पाँचौँ र छैटौँ ओभरमा यूएईले तीन विकेट गुमाएको थियो । स्पिनर ललित नारायण राजवंशीले पहिलो ओभरको पाँचौं बलमा वृत्य अरविन्दलाई बोल्ड गर्दै पेभेलिएन फर्काए भने तेस्रो ओभरको चौथो बलमा आर्यन लाक्रालाई शून्यमा दीपेन्द्रसिंह ऐरीले बोल्ड आउट गरे ।

साथै चौथो ओभरको चौथो बलमा राजवंशीले मोहम्मद वासिमलाई र पाँचौ ओभरको पहिलो बलमा सोमपाल कामीले आशिफ खानलाई ६ रनमा पेभेलिएन फर्काए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल