विराटनगर ,२७ फागुन । रिटर्नी फेडेरेसन नेपालको प्रथम मोरङ जिल्ला अधिवेसन विराटचोकमा सम्पन्न भएको छ ।
अध्यक्ष काजी नेपालको अध्यक्षतामा भएको अधिवेसनको प्रमुख अतिथि नेकपा एमाले मोरंग जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्की ,बिशिष्ट अतिथि रिटर्नी फेडेरेसन कोशी प्रदेश कमिटीका अध्यक्ष टि.एन बराल, जनसंगठन समन्वय संयन्त्र संयोजक रबिन थापा लगायतको सहभागिता रहेको थियो ।
आजै भएको भेलाले रिटर्नी फेडेरेसन नेपालको अध्यक्षमा पुन: काजी नेपाललाई सर्वसम्मतरुपमा चयन गरेको एमाले युवा नेता तथा रिटर्नी फेडेरेसन मोरङका नवनिर्वाचित सचिव सन्तोष बरालले जानकारी दिए ।