विराटनग,२४ फागुन ।
आज १ सय १३ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ। ‘लैंगिक समानताको लागि बलियो आधार, सिर्जिनात्मक प्रविधीमा महिला पहुँचको विस्तार’ नारासहित दिवस मनाइँदैछ।
संघ, प्रदेश र स्थानीय तह सरकार तथा महिला अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउदै छन । श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको हो।विराटनगर लगायत विभिन्न स्थानमा पनि प्रभातफेरी कार्यक्रम गरिएको छ ।