Birat Post सोमबार, फाल्गुण २२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

धनकुटा,२२ फागुन । धनकुटाको शहिदभुमी गाउँपालिका गाँजा उत्पादन हुने पालिकाको रुपमा चिनिँदै आएको छ । हरेक बर्ष त्यस पालिकामा प्रहरी जाने गाँजा उत्पादन गर्ने किसानहरुको गाँजा प्रहरीले नष्ट गर्ने गरेको छ। यस पालिकामा गाँजा खेती हुने गरेको र जंगलमा समेत गाँजा लगाउने गरेको आधारमा प्रहरीले हरेक बर्ष गाँजा फँडानी गर्दै आएको छ । पछिल्लो समय नेकपा एमालेको ग्रासरुट अभियानमा गाउँ गाउँमा पुगेका केन्द्रीय नेतालाई शहिदभुमी गाउँपालिकाका स्थानीय नेता कार्यकर्ताले ब्यवसायीक गाँजा खेती गर्न पाउनु पर्ने माग राखेका छन् ।

आम्दानीको राम्रो श्रोत गाँजामा देखेका स्थानीयलाई आय आर्जनसँग जोड्न र गाँजा खेतीलाई बैधता दिने कानुनी ब्यवस्था मिलाउन स्थानीयले माग गरेको नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले जानकारी दिए। ‘शहिदभुमी गाउँपालिका स्थानीय नेता कार्यकर्ताले गाँजाखेती गर्न पाउनु पर्ने मागहरु एमालेको ग्रासरुट अभियानको छलफल गर्ने क्रममा आएको छ, उनले भने, यसलाई कानुनी रुपमा बैधता प्रदान गर्नका लागि त्यसको अगुवाई एमालेले गर्नुपर्ने मागहरु आएको छ।’ आर्थिक उपार्जन र आर्थिक समृद्धिसँग गाँजा खेतीलाई जोड्न सकिने स्थानीय नेता कार्यकर्ताले बताउँदै आएका छन् ।

शहिदभुमीमा गाँजा खेतीलाई बैधानिकता दिनु पर्ने माग आउँदै गर्दा छथर जोरपाटी गाउँपलिकाका किसानले भने तरकारीको लागि बजार खोजीदिन माग गरेका छन् । तरकारीकोलागि पालिका उर्बर रहेको बताएका किसानहरुले तरकारी जतिपनि उत्पादन गर्न सकिने भएपनि बजारीकरणको लागि समस्या रहेको बताए । ‘हामी तरकारी प्रसस्त उत्पादन गर्न सक्छौँ भनेर किसानहरुले भन्ने गर्नु भएको छ, घिमिरेले भने, तपाईँहरुले हामीलाई बिदेश निर्यातको बातावरण बनाई दिनु पर्यो ।’ धनकुटामा उत्पादित तरकारीलाई विदेश निर्यात गरेर डलर कमाउन सक्ने आत्मविस्वास बोकेर बसेका किसानहरु खाडी मुलुकमा समेत तरकारी निर्यात गर्न तयार रहेको बताएका छन् । त्यस्तै सुन्तला खेती प्रवद्र्धनकालागि चासो दिईनु पर्ने उनीहरुले बताउँदै आएका छन् ।

एमालेको ग्रासरुट अभियानको क्रममा धनकुटा जिल्लामा जिल्ला कमिटिको बैठक, प्रदेश कमिटि, जिल्ला कमिटि, पालिकाका पदाधिकारी, जनसंगठनका पदाधिकारीहरुसँग पहिलो अभिमुखिकरण सम्पन्न भएको छ। पालिका समितिका बैठकहरु बसेकाछन् । पालिकास्तरको अभिमुखिकरण सकिएको केन्द्रीय सदस्य घिमिरेले बताए । ‘१७ गतेदेखि वडा स्तरका बैठकहरु बसेका थिए, उनले भने, वडा अभिमुखिकरण सम्पन्न भएको छ। अब टोलमा गएर छलफलहरु शुरु गर्ने तयारी भईरहेको छ।’

अभियानको क्रममा एक हप्तासम्म पार्टी सदस्यता नविकरण र वितरण सप्ताह गरिने जनाईएको छ। मिशन ग्रासरुटले कार्यकर्तामा उत्साह प्रदान गरेको, तल्लो तहका समस्या सुन्ने सुनाउने काम शुरु भएको छ र पार्टी भित्रको अन्तरबिरोधको पहिचान र समाधानको कामहरु भईरहेको घिमिरेले जानकारी दिए । धनकुटामा नेकपा एमालेले छथर जोरपाटी र शहिदभुमी गाउँपालिका तथा धनकुटा नगरपालिकामा जीवन घिमिरे, चौविसे र सागुरीगढी गाउँपालिकामा मानबिर राई, पाख्रिबास नगरपालिका, महालक्ष्मी नगरपालिकामा लक्ष्मी गौतमलाई जिम्मेवारी दिएको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल